ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

0
Shares

काठमाडौं ।

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता भएको छ । काठमाडौैंस्थित याक एण्ड यति होटलमा बिहीबार बिहानदुई बैंकका तर्फबाट समझदारी भएको हो ।

मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेलगत्ते दुई बैंकबीच मर्जर सहमति भएको हो।

सम्झौता अनुसार नयाँ बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुने छ।  मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ। मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ।

चैतको तथ्यांकका आधारमा बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ। ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने छ।