जिल्ला अदालतको बाल इजलासमा ३५ मुद्दा

0
Shares

काभ्रे । 

धुलिखेल-भुम्लु गाउँपालिकामा १४ बर्षिय बालकले आफ्नै १२ बर्षिया बहिनीलाई मोवाईलमा अश्लिल फिल्म हेर्दै जर्बजस्ति करणी गरेका छन् । पटक पटक बालिका बलात्कृत भए पछि अभिभावकले सूचना पाए सँगै प्रहरीमा खवर गरेका थिए । प्रहरीले बालकलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चालु वर्षको १० महिनामा ३५ वटा मुद्दा बाल इजलासमा दर्ता भएका छन् । दर्ता भएका मध्ये १९ वटा फर्छयौट भई १६ वटा बाँकी छन् । बालबालिका सम्वन्धी मुद्दामा बालसुधार गृहमा रहेका बालबालिका ९ जना र अभिभावकको जिम्मा रहेका बालबालिकाहरु ६ जना छन् । पछिल्लो समय बालबालिकाहरु प्रविधिका कारण अपराधमा संलग्न हुन थालेका छन् । अदालतमा पुगेका यस्ता मुद्दाहरु प्राथमिकतामा राखेर फैसला गरिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बाल न्यायका लागि कानुनमा भएको ब्यवस्थालाई प्राथमिकतामा राखेको श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले बताउनु भयो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कुल मुद्दाका लगत २ हजार ७ सय १ रहेको छ । चालु वर्षको बैशाख मसान्तसम्म दर्ता भएका मध्ये फछ्र्याैट ११५६, बाँकी १५४५ रहेका छन् । प्रतिशतका आधारमा ४२.८ प्रतिशत मुद्दा फैसला भएका छन् । दर्ता भएका मध्ये दुयिनाबादी देवानी १७९४ मा ९७४ बाँकी, ८२० फछर्याैट भएका छन् भने दुनियावादी फौजदारी ५३५ मा १ सय ६१ फछर्याैट, ३७४ बाँकी निषेधाज्ञा र रीट निवेदन २१ मा १० फछर्याैट ११ बाँकी छन् ।

पुनरावेदनपत्र १२ मा ३ फछ्र्याैट ९ बाँकी छन् । १४९६ लक्ष्य रहेकोमा जेठ महिनासम्मको ११५६ सम्पन्न भएका छन् । बाँकी ३४० वटा छन् । अदालतमा २ वर्ष नाघेका २ सय थान, डेड वर्ष अवधी नाघेका १ सय ४२ थान, एक वर्ष नाघेका २ सय ६० थान, एक वर्ष सम्मका ३ सय ३० थान र ६ महिना अवधीका ७ सय ६ थान रहेका छन् ।१९८० साल देखि २०७९ साल जेठ २० गतेसम्म ३२ हजार ६ सय ७६ मिसिल धुल्याईएको छ भने ३८०२ थान मिसिल धुल्याउन बाँकी छ ।

धुल्याउन नमिल्ने मिसिल ४ हजार १ सय ८६ थान छन् । चालु वर्षमा ९१३ थान मिसिल अभिलेखमा दर्ता भएका छन् । पाँच वर्ष पुरा भएका मिसिल धुल्याउने कार्य निरन्तर भईरहेको छ । ३९१७२ थान मिसिल कम्प्युटरमा दर्ता गरिएको छ भने २४ सय ५ थान मिसिल दर्ता गर्न बाँकी रहेको छ । अदालतमा ४१ हजार ५ सय ७७ मिसिल रहेका छन् । अघिल्लो आर्थिक वर्ष ५५ वटा मुद्दा मुल्तवीमा थिए । चालु वर्षमा ५ वटा मुल्तबीमा राखिएको छ । मुल्तबी जागेका ७ वटा गरी ५३ वटा बाँकी रहेका छन् ।

फैसला कार्यान्वयनका लागि ४ सय ९७ वटा लगतमा २ सय ७२ वटा मात्रै कार्यान्वयन भएको छ । २ सय २५ वटा बाँकी छन् । विगो भराउने १ सय २७, चलन चलाउने २५, बण्डा छ्ट्टयाउने ५०, मानाचामल भराउने १७, अदालती शुल्क भराउने ४ वटा र अन्य २ रहेका छन् । कैद १६७९ वर्ष ७ महिना १५ दिन र ६७ करोड ९४ लाख २८ हजार ६ सय ८९ जरिवनामा ५४५ वर्ष ५ महिना १२ दिन कैद असुल भएको छ भने १ करोड ६० लाख ६३ हजार १ सय ५८ रुपैया जरिवना असुल भएको छ । अझै ६३ करोड ३३ लाख ६५ हजार ५ सय ३१ रुपैया जरिवना असुल गर्न बाँकी छ ।

११३४ वर्ष २ महिना ३ दिन कैद असुल गर्न बाँकी रहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार २०४५ सालसम्मका १ सय ४९ वटा लगत कट्टा भएको छ । जसबाट २७ वर्ष ३ महिना १० दिन कैद र १३ लाख ७५ हजार ८ सय ११ जरिवना मिनाहा भएको छ । प्रहरीले २३ लाख ५० हजार २ सय ५० हजार जरिवना र १ सय ३६ वर्ष १० महिना २८ दिन कैद असुल गरेको छ । अदालतको डोर मार्फत ४० लाख ५० हजार ५ सय ६० रुपैया जरिवना र फैसलाबाट ३ सय ४४ वर्ष कैद असुल भएको छ । म्याद तामेलीमा समस्या देखिएको छ । ४६४७ म्याद तामेल गर्नु पर्नेमा ४३९२ वटा तामेल भएका छन् । २५५ वटा मुद्दा बाँकी छन् ।

९ जना दरवन्दीमा ६ जना स्थायी ३ जना करारमा कार्यरत छन् । दरवन्दी अभाव, सुविधा नगन्य भएकाले तामेलीमा समस्या भएको छ । विकट क्षेत्रमा जान आउन समस्या हुने, एक पटक गएर नहुने भएकाले पनि तामेलीमा समस्या भएको छ । तामेली गरिएका मध्ये जिल्ला अदालतबाट जारी भएका २७९५, अन्य अदालतबाट १८५२ रहेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा २०५३ सालमा २ जना न्यायाधीशको दरवन्दीमा शुरु भएको पुर्वाधार अहिले अपुग भएको छ ।