कोस्टारिका विश्वकपमा छनोट



लन्डन । 

अन्तर महादेशीय प्ले अफमा न्युजिल्यान्डलाई पराजित गर्दै कोस्टारिका कतार विश्वकपमा छनोट हुन सफल भएको छ ।
कोस्टारिकाले ९ खेलाडीमा समेटिएको न्युजिल्यान्डलाई १–० गोलअन्तरले हराएर यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल सफल भएको हो ।

अहमेद विन अल स्टेडियम कतारमा मंगलबार राति भएको खेलमा न्युजिल्यान्डलाई हराउन कोस्टारिकाका जोएल क्याम्पवेलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको तेस्रो मिनेटमै गोल गर्न सफल भएको थियो ।

कोन्काफ क्षेत्रको छनोटमा चौथो स्थानमा रहेको कोस्टारिकाले प्ले अफमा ओसियाना क्षेत्रको न्युजिल्यान्डसँग खेल्नु परेको थियो । यो नजिताले कोस्टारिका स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा परेको छ । योसँगै कतार विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै ३२ राष्ट्रको टुंगो लागेको छ ।
युरोपबाट १३, दक्षिण अमेरिकाबाट ४, उत्तर तथा मध्य अमेरिकाबाट ४, एसियाबाट आयोजक कतारसहित ६ र दक्षिण अफ्रिकाबाट ५ टोलीले विश्वकपमा स्थान बनाएका छन् ।

फिफा विश्वकप २०२२ मा छनोट भएका ३२ राष्ट्रहरू

एसिया – कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अस्ट्रेलिया
युरोप – जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स
दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर
उत्तर तथा मध्य अमेरिका (कोन्काफ) – क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका
दक्षिण अफ्रिका – घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन

 

प्रतिक्रिया दिनुहोस्