किम १२ वर्ष कान्छा प्रेमीसँग रमाउँदै



काठमाडाैं ।

हलिउड अभिनेत्री किम कार्दसियन अभिनय मात्र नभई प्रेम, विवाह तथा सन्तानका कारण चर्चामा आइरहने गर्छिन्। यतिबेला, किम प्रेमी पिट डेभिडसनसँगको प्रेमका कारण चर्चामा छिन् ।

४१ वर्षीया किम केही समययता आफूभन्दा १२ वर्ष कान्छो पिट डेभिडसनका साथ प्रेममा छिन्। हालै कि मर पिटको समुन्द्र किनारमा रोमान्टिक मुडमा खिचिएको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। ती फोटोमा किम कालो रङको बिकनीमा प्रेमीका साथ मस्ती गर्दै गरेको अवस्थामा देखिएकी छन्। योसँगै किमको प्रेम सम्बन्ध पनि चर्चाको विषय बनेको छ।

किम र पिटको भेट स्याटरडे नाइट नामक हलिउड रियालिटी शोमा भएको थियो। उक्त शोमा कमेडियन पिट आठ वर्षदेखि आबद्ध थिए भने किम उक्त शो होस्ट गर्न गएकी थिइन्।

उनीहरुको भेट मित्रता हँदै प्रेममा बदलिएको हो। केही महिनाअघि पूर्वपति कान्या वेस्टसँग नौ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेकी किमले कान्याभन्दा अघि डेमन थोमस तथा क्रिस हम्फ्रिजका साथ सम्बन्धविच्छेद् गरिसकेकी छन् । हाल किम आफ्ना चार बच्चाको साथमा प्रेमीको साथ रहँदै आएको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्