संगीतमा आयो चिना र जोखना



काठमाडाैं ।

गायक गायिका टिकाराम कद्मेल र समीक्षा अधिकारीको स्वरमा चिना र जोखना बोलको गीत सार्वजनिक भएको छ।  गीतमा दीपक शर्माको शब्द रचना र संगीत तथा नरेन्द्र वियोगीको एरेन्जमेन्ट रहेको छ।

गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड गरिएको छ भने सरोज खड्का र सोनिया सिंह ठकुरीलाई पनि देख्न सकिन्छ।

भिडियोमा माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको कलर र सम्पादन तथा सन्तोष राजवाहकको कोरियोग्राफी छ। भिडियो द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्