सुपर डान्सर नेपालमा उत्साहजनक सहभागिता



काठमाडाै‌ं ।

फ्रेन्चाइज शो सुपर डान्सर नेपालको फिजिकल अडिसन सकिएको छ। इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै काठमाडौंमा अडिसन भएसँगै यसको फिजिकल अडिसन सकिएको हो।

काठमाडौंको अडिसन अपेक्षा गरेभन्दा उत्साहजनक भएको आयोजकले जनाएका छन् । काठमाडौं अडिसनमा तीन सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रसारणको तरखर सुरु भएको छ। अब यसको डिजिटल अडिसन हुने आयोजकले जानकारी गराएका छन्।

डिजिटल अडिसनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो पठाउनुपर्ने व्यवस्था गरिएको छ। सुपर डान्सर अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो। नेपालको लागि औपचारिकरुपमा सुपर डान्सर नेपाल फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रसारणको सर्वाधिकार एडी रिलिजको रहेको छ।

प्रतिक्रिया दिनुहोस्