अष्ट्रेलियाजाने नेपालीको कथामा डलर एयूडी



नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथामा डलर एयूडी नामक फिल्म बन्ने भएको छ। एएसएपी इन्टरटेन्मेन्टको ब्यानरमा सन्तोष अधिकारी फिल्म र अमारिया प्रोडक्सनको सयुक्त निर्माणमा बन्ने फिल्म देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन्।

अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको प्रमुख भूमिका रहने फिल्म सन्तोष अधिकारीको निर्माण तथा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी र तृष्णा गुरुङको सह-निर्माणमा बन्नेछ।

अष्ट्रेलियामा छायांकन हुने फिल्ममा गीत अजय कुमार अधिकारी, संगीत सुरेश राई र सन्तोष मिश्र, कथा सन्तोष अधिकारी, पटकथा चे शंकर, छायांकन राय र सम्पादन मनोरञ्जन श्रेष्ठको रहनेछ।

प्रतिक्रिया दिनुहोस्