दृष्टि एसईई नेसनल २०२२



काठमाडाैं ।

एसईईका विद्यार्थीबीच एमी इन्टरटेनमेन्टको सहकार्यमा युहान इन्टरनेसनलद्वारा राजधानीमा हालै आयोजित प्रतिभा प्रदर्शन र सौन्दर्य प्रतियोगिता एसईई नेसनल २०२२ को उपाधि दृष्टि बस्नेतले चुमेकी छन्।

विजेता बस्नेतले उपाधिका साथ विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति, एयर होस्टेज र फेसन डिजाइनिध्र तालिमलगायत अवसर पाएकी छन्। प्रतियोगितामा प्रमिशा चौलागाई फस्ट, लिपी दाहाल सेकेन्ड, मञ्जिता कुँवर थर्ड र सोनिका सुवेदी फोर्थ रनर्सअप भए। सबै विजेताले विभिन्न गिफ्ट र उपहार पाएका छन्।

सहभागी सबैलाई खुसी पार्ने हेतुले एकै प्रकारका थुप्रै टाइटल अवार्डको व्यवस्था गरिएको प्रतियोगितामा प्रमिशा चौलागाईं भ्युअर्स च्वाइस र पब्लिक च्वाइस, दृष्टि बस्नेत पब्लिक च्वाइस फस्ट रनर्सअप, मञ्जिशा कुँवर भ्युअर्स च्वाइस फस्ट रनर्सअप, अरुणिमा सिंह वेस्ट पर्सनालिटी, बेलिरिना कार्की मिस स्टाइलिस, लुनिभा कपाली मिस कन्जिनालिटी, शिवानी रे मिस कन्फिडेन्ट, सेनीका सुवेदी मस्ट इन्टेलिजेन्ट, जिज्ञाशा केसी मोस्ट एक्टिभ म्यानेजमेन्ट च्वाइस, लिपी दाहाल मिस ट्यालेन्ट, अबिरा कार्की मिस फोटोजेनिक, पूजा पराजुली वेस्ट वाक, श्रेना भण्डारी मस्ट चार्मिङ, टाइटल विजेता बने।

मिस टिन नेसनल २०२२ की विजेता सायुरी श्रेष्ठ, मोडल सौगात शर्मा, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन व्यवसायी तथा समाजसेवी संगीता रौनियर निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्