त्रिभुवन विमानस्थलमा विमान दुर्घटना, मन्त्री आलेसहितको टोलीले यसरी गरे उद्धारको पूर्व अभ्यास



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ ।

विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्व अभ्यास गरिएको हो ।

सोही क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसहितको नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गरेका थिए ।

जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो ।

यसरी गरिएको उक्त पूर्व अभ्यासले एक छिन त साँच्चिकै दुर्घटना भयो कि भन्ने भान समेत परेको थियो ।

प्रतिक्रिया दिनुहोस्