एसपीपी सम्झौताको चौतर्फी आलोचना : नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर नगर्ने प्रधानमन्त्रीको स्पष्टोक्ति



फाइल तस्बिर

काठमाडौं । स्टेट पाटर्नशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चौतर्फी आलोचना भएका छ ।

उनको आलोचना भएपछि सत्तासाझेदार दलको संयुक्त बैठकमा देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्ट्याएका छन् ।

आज (बुधबार) बालुवाटारमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्ट्याएका हुन् ।

‘आज बालुवाटारमा प्रचण्ड, म, उपेन्द्र यादव बीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ, नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन भनेर,’ पार्टीका नेताहरूलाई बिहान भएको छलफलबारे बताउँदै अध्यक्ष नेपालले भने ।

‘अरू देशहरूले पनि यसबारे चासो राख्दाखेरि वा कसैले भने पनि म मान्नेवाला छैन भनेर प्रधानमन्त्रीले क्लियर भन्नुभएको छ,’ नेपालले भने, ‘यस्तो सम्झौता गरिँदैन, हुँदैन भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्