नाबालिग बलात्कार प्रकरण : मनोज पाण्डेविरुद्ध १५ वर्ष कैद सजायका लागि मुद्दा दर्ता हुँदै

0
Shares

काठमाडौ‌ं ।

सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले  मुद्दा दर्ताको तयारी गरेको छ ।

पाण्डेको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन सकिएको उल्लेख गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सम्भवत आज बुधबार नै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिने कार्यालयले जनाएको छ  ।

पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ प्रमुख अभियोग हुने सरकारी वकिलको कार्यालयले जनाएको हाे ।नाबालिगलाई शरीर बन्धक बनाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा पाण्डेलाई १० देखि १५ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र दायर गर्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ ।

सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई जबरजस्ती करणी गरेको खुलासा गर्दै भिडियो सन्देश सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियाे ।