सर्ट फिल्म फेस्टा हुने



काठमाडाैं ।

छायाँछवि क्रियसनको आयोजनामा वर्षेनी हुँदै आएको छोटा फिल्मको महोत्सवको छैठौं संस्करण काठमाडौं सर्ट फिल्म फेस्टा–०२२ यो वर्ष पनि हुने भएको छ।

फेस्टाका लागि २०७९ असार २६ गतेसम्म दर्ता भइसक्नुपर्ने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जानकारी गराएका छन्। फेस्टामा छोटा फिल्मका साथै वृत्तचित्रले भाग लिन पाउनेछन्। छोटा फिल्म र वृत्तचित्रको अवधि २ मिनटदेखि ५९ मिनेट भित्रको हुनुपर्ने जनाइएको छ।

फेस्टामा सहभागी फिल्मलाई बेस्ट सर्ट फिल्म (फिक्सन), डकुमेन्ट्री, फिक्सन निर्देशक, डकुमेन्ट्री निर्देशक, कन्सेट-स्कृप्ट, बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाए।

बेस्ट सर्ट फिल्म र डकुमेन्ट्रीलाई क्रमशः टझफी, प्रमाणपत्र र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक शान्तिप्रियले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्