कमेडीमा सिल्ली फो



कमेडी जनरामा निर्मित फिल्म सिल्ली फो आगामी असार ३१ रिलिजमा आउने भएको छ। राजबहादुर सानेद्वारा निर्देशित फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन्। उनले फिल्ममा अभिनयमा संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन्।

यसमा अभिनय गर्दा आफूले करियरमा गरेको संघर्षका दिन सम्झिएको सुनाइन्। फिल्ममा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो। पात्रको संघर्षले मलाई शरुवातका दिन याद दिलायो। हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले फिल्ममा अभिनय गर्न धेरैथोरै सहज पनि भयो फिल्मका बारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार भेटघाटमा केकीले भनिन्।

फिल्ममा राजाराम पौडेल र रवीन्द्र झा पनि मुख्य भूमिकामा छन्। पौडेल र झाले फिल्ममा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै सिल्ली फो राम्रो बनेको दाबी गरे। निर्देशक राजबहादुर सानेले सिल्ली फोबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताए। मैले कमेडी जनरामा पहिलोपटक हात हालेको हुँ। फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु। कुनै पनि विदेशी फिल्मबाट प्रभावित नरहेको सिल्ली फोले नेपाली समाजभित्रको वास्तविक कथा भन्नेछु उनको भनाइ थियो।

मनोज डिकेको निर्माण र विशाल श्रेष्ठको सह निर्माणमा बनेको फिल्ममा धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतले पनि अभिनय गरेका छन् भने संगीत पुरुषोत्तम न्यौपाने, कोरियोग्राफी शिव विक, द्वन्द्व देव महर्जन, छायांकन दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आले र सम्पादन तारा थापा किम्भेु को रहेको छ। फिल्मको वितरणको जिम्मा सुनील मानन्धरको श्रीराम बालाजी फिल्म्स्ले लिएको छ।

प्रतिक्रिया दिनुहोस्