मेरो डान्स कप यूएसएमा सञ्चिता पनि

0
Shares

काठमाडाैं ।

अभिनेता सञ्चिता लुइँटेल पनि टेलिभिजन डान्स रियालिटी शोको निर्णायक भएकी छन् । अभिनेत्री लुइँटेल इन्टझा नेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्टझा फाउन्डेसन) ले आयोजना गरेको मेरो डान्स कप यूएसए–२ को निर्णायक बनेकी हुन्।

मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–२ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा भइरहेको छ। लुइँटेलले अमेरिका र क्यानडामा रहेका नेपालीभाषी प्रतिभाको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुसी लागेको बताइन्।

सञ्चितासँग सम्झौता गरेपछि उत्साहित हुँदै इन्टझा फाउन्डेसन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष सञ्जित भण्डारीले सञ्चितालाई शोमा भित्र्यँउन पाउँदा उत्साहित भएको बताए। ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुँदै आएको मेरो डान्स कप यूएसएको उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य विष्ट, सुमिका तामाङ आयुष समाललगायत छन्।

संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपालीभाषी प्रतिभालाई विश्वमाझ चिनाउने आशा गरिएको छ। रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन्। यसको निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर बीसी, नरमान राई र सञ्चिता लुइँटेल रहेका छन्।