नदीजन्य पदार्थ उत्खनन संकलनमा रोक



झापा ।

मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन संकलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले मंगलबारसूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, संकलन बन्द गरिएको उल्लेख छ ।

नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको बिओपीहरूलाई समेत ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्