आरोप कपोलकल्पित होः शर्मा



काठमाडौं  ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागिता गराइएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले खण्डन गर्नुभएको छ । उहाँले अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित भएको बताउनुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले उक्त विषयको खण्डन गर्नुभयो ।प्रतिनिधिसभामा मंगलबार आफ्नो धारणा राख्दै उहाँले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने कुरा अत्यन्त भ्रामक कथा बनाइएको बताउनुभयो ।

उहाँले मन्त्रीका रूपमा आफूले सरकारको नीति र भिजनलाई नीतिगतरूपमा निर्देशनका रूपमा लिएर काम गरेको जानकारी दिनुभयो ।

बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले गरेको बताउँदै मन्त्री शर्माले आफूलाई प्राप्त जिम्मेवारीअनुसार काम गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्