आगामी आबमा त्रिचन्द्र कलेजको भौतिक निर्माण हुने

0
Shares

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिचन्द्र कलेजको भौतिक निर्माण कार्य शुरु गरिने बताउनुभएको छ । नेबिसंघले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा अध्ययन गर्नुभएको एतिहासिक क्यम्पस कहिले पुन निर्माण गर्नुपर्ने भन्दै सडकमै विरोध जनाएको दिन मन्त्री पौडेलले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले सो धारणा राख्नुभएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिको बजेटबारे जानकारी दिदै मन्त्री पौडेलले त्रिचन्द्र लगायतका आंगिक क्याम्पसको भौतिक निर्माण थालिने जानकारी दिनुभएको हो । उहाले सरकारले वालविकास शिक्षकलाई दिँदै आएको तलब बुद्धि गरेको बताउनुभयो । उहाका अनुसार ८ हजारमा २ हजार थप गरी १० हजार तलब बनाइएको हो ।

आगामी आबमा यो वर्ष कूल विनियोजनको १० लदशमलब ९५ प्रतिशत शिक्षामा बजेट छुट्टाइएको जानकारी दिनुभयो । उक्त बजेटमध्य प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा रु ५ अर्ब ३२ करोड विनीयोजन हुने जानकारी दिनुभयो ।

मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि झण्डै ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्यूनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनः निर्माण कार्य सम्पन्न गरिने र बाँकी ४५ जिल्ला लक्षित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गरिने जानकारी दिनुभयो ।

सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको उल्लेख गर्नुभयो ।

प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन, नमूना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

त्यसैगरी कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशन मार्फत छपाई गरी वितरण गर्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो । हाल कक्षा १–३ को निजी, ४–१० को जनकशिक्षाले छपाई र बिक्रि वितरण गरिरहेको छ । उहाले मन्त्रालयकाृ निरन्तर अनुगमनको कारण जनक शिक्षाको पाठ्यपुस्तक छपाईमा सुधार भएको जानकारी दिनुभयो ।

सदनमा बोल्दै मन्त्री पौडेलले संघीय शिक्षा ऐन जारी गर्ने, सबै स्थानीय तहमा प्राबिधिक शिक्षालय स्थापन गर्ने, त्रिविलाई उच्च शिक्षाको केन्द्रविन्दु बनाउदै सेन्टर अफ ऐक्सिलेन्स बनाउने, सार्वजनिक विद्यालयको सुधार गर्ने विषयमा सदनलाई जानकारी गराउनुभएको थियो ।