अत्यधिक गर्मी बढेपछि बर्दियाको जनज्योति माध्यमिक विद्यालय ३ दिन बन्द

0
Shares

काठमाडौं ।

बर्दियाको श्री जनज्योति माध्यमिक विद्यालय आजदेखि ३ दिन गर्मी बिदा दिने भएको छ । पछिल्लो समय गर्मी अत्यधिक बढेको भन्दै विद्यालयले ३ दिन गर्मी बिदा दिने भएको हो।

मंगलबार विद्यालयले एक सूचनाजारी गर्दै आजदेखि असार ३ गतेसम्म बिदा दिइएको जनाएको छ।

ठाकुरबाबा नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।