लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा



काठमाडौँ ।

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

वलीलाई अहिले तुलसीपुर इलाका प्रहरी कार्यालयमा रखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्