इन्दिराको बिहे आज

0
Shares

काठमाडाैं ।

लोकप्रिय गायिका इन्दिरा जोशीको आज मंगलबार फेसन डिजाइनर प्रेमी शरद् केडियाका साथ विवाह हुने भएको छ।
भगवान् र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छु इन्दिराले वक्तव्य जारी गर्दै जानकारी गराएकी छन्  ।  हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौँ। आशा छ आगामी जीवन अहिलेभन्दा झनै सुन्दर हुनेछ ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिराले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। यसैबीच, इन्दिराले बिहेको पूर्वसन्ध्यामा मेहन्दी कार्यक्रम गरेका छन्। नेपाली परम्परामा मेहन्दी दल्ने कार्यक्रम नभए पनि भारतीय संस्कृतिलाई पछ्याउँदै केही समययता सर्वसाधारणदेखि सेलिबेटीसम्मले मेहन्दीलगायतका कार्यक्रम गर्न थालेका छन्। इन्दिराले पनि सोही संस्कृतिलाई पछ्याउँदै सीमित आफन्त र साथीसंगीतलाई सामेल गरी मेहन्दी उत्सव मनाएकी हुन्।

मेरो बगैंचा क्षेत्र हल्दी क्षेत्रमा परिणत भयो। दुवै परिवारले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेपछि, परिवारका केही सदस्यहरुका साथ हल्दी कार्यक्रम वास्तवमै राम्रो भयो इन्दिराले फेसबुकमा केही तस्वीर साझा गर्दै लेखेकी छन्  । सबैबाट शुभकामना आइरहेको छ। तपाईहरुको माया र आशिर्वादको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। यो संस्कृतिप्रति कतिपयले व्यंग्य गरिरहेका छन्।

यसै क्रममा अभिनेता कृष्ण मल्लले पनि यसप्रति व्यंग्य गरेका छन्। अब हाम्रो देशमा पनि बिहेमा हल्दी, मेहन्दी र संगीत हुन थाल्यो, राम्रै त होला नि। पैसो भएसी जति धुमधडाका ग-यो त्यति राम्रो मल्लले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्।