भिडियोमा आकाश र पूजा


काठमाडाैं ।

गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनमा रोमान्टिक भर्सनको अलिअलि तिमीसँग बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा शब्द रचना गीतकार सक्रिय श्रेष्ठ र संगीत गायक न्यौपानेको रहेको छ।

शास्त्रीय संगीतको समिश्रण रहेको गीतको एरेन्ज रिदम कँडेलले गरेका छन्। गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र पूजा गिरीलाई फिचरिङ गरिएको छ भने छायांकन बुद्ध थापा र सम्पादन विकास धमलाको रहको छ। सक्रिय क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक भिडियोको निर्दशन निकेश खड्काले गरेका छन्।