पत्रकारलाई सम्मान र पुरस्कार


काठमाडाैं ।

चलचित्र पत्रकार संघ नेपालको दाङ शाखाले हालै तुलसीपुरमा एक कार्यक्रम आयोजना गरी १४औँ वार्षिकोत्सव मनाएको छ।

शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सात पत्रकारलाई सम्मान गरेको छ। सो अवसरमा शाखा उपाध्यक्ष सन्तोष केसीद्वारा स्थापित चमन बहादुर रंग पत्रकारिता पुरस्कार २०७९ बाट नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र शाखाका संस्था उपाध्यक्ष चेतन रेग्मीद्वारा स्थापित भागवता वसन्त रंगपत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार नारायण खड्कालाई नगदसहित सम्मान गरिएको छ।

यस्तै, राष्ट्रिय रंगपत्रकारिता सम्मानबाट केन्द्रीय महासचिव समिर बलामी, राष्ट्रिय कलाकारिता सम्मानबाट नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष तथा चलचित्र निर्माता, निर्देशक केएल पीडित सम्मानित भएका छन् भने पत्रकारिता सम्मानबाट विमल गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुदीप गौतम र प्रकाशक सुलोचना गौतम सम्मानित भएका छन्।

कार्यक्रममा नगरप्रमुख खड्काले फिल्म क्षेत्रको उत्थान र प्रवद्र्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने जनाउँदै कोरोना महामारीपछि दाङमा बन्द रहेका फिल्म हल सञ्चालनका लागि पालिका सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।