ब्रिटनीद्वारा पितालाई मुद्दा हराएर प्रेमीसँग विवाह

0
Shares

काठमाडाैं ।

हलिउड पपस्टार ब्रिट्नी स्पेयर्सले प्रेमी साम अस्गरीका साथ अमेरिकाको लस एन्जलसमा हालै विवाह गरेकी छन्। ४० वर्षीया ब्रिट्नी र २८ वर्षीय अस्गरी पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहे पनि ब्रिट्नी पिताको संरक्षणमा रहेकाले उनीहरुले विवाह गरेका थिएनन्।

आफू पिताको संरक्षणमा रहेकाले विवाह गर्न तथा बच्चा जन्माउन नपाएको भन्दै केही महिनाअघि ब्रिट्नीले पिताविरुद्ध मुद्दा हालेकी थिइन्। चर्चासँगै विवाद जन्माएको उक्त गार्जियनसिपको मुद्दा जितेसँगै उनले विवाह गरेकी हुन्। सात महिनासम्म चलेको उक्त मुद्दा नसकिउञ्जेल विवाह गर्न अनुमति नभएकाले मुद्दा सकिएपछि उनी विवाह बन्धनमा बाँधिएको एजेन्सीले जनाएको छ।

केही महिनाअघि गार्जियनसिपबाट मुक्त भएकी उनले गत सेप्टेम्बरमा सामका साथ इन्गेजमेन्ट गर्नुका साथै आफू गर्भवती रहेको खुलासा गरेकी थिइन्। त्यसको केही समयपछि आफ्नो बच्चा गर्भमै खेर गएको बताएकी थिइन्। ब्रिट्नी र सामकबो भेट सन् २०१६ मा एक म्युजिक भिडियोको सुटिङको दौरानमा भएको थियो।