मोक्तान दम्पती अमेरिकामा अभिनन्दित

0
Shares

काठमाडाैं ।

नेपाली कलाकारको अन्तर्राष्ट्रिय संठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले संगीतकार एवम् गीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानको लोकप्रिय दम्पतीलाई अमेरिकामा आयोजित एक विशेष कार्यक्रममा अभिनन्दन गरेको छ।

अमेरिकाको भर्जिनिया मनाससमा आयोजित कुन्ती मोक्तान सुमधुर साँझ साथमा शिलाबहादुर मोक्तानका अवसरमा मोक्तान दम्पतीलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा मञ्चका अध्यक्ष एवं लोक तथा दोहोरी गायक रामप्रसाद खनाल तथा निर्देशकहरु अभिनेत्री पूजा लामा, कोरियोग्राफर तथा निर्देशकद्वय नवीन केसी र लुना श्रेष्ठले मोक्तान दम्पतीलाई अभिनन्दन पत्र, मञ्चको अति सम्मानित मानार्थ सदस्यता, विशेष पदक प्रदान, खादा र माला पहिराएर अभिनन्दन गरका थिए।

आरजे सरोज केसी र रुसा केसीको मिठो उद्घोषणमा सञ्चालित कार्यक्रममा शिलाबहादुरले पहिलो पटक आफ्नै स्वरमा दुई गीत प्रस्तुत गरेर माहोल तताएका थिए। गायिका कुन्तीले सबैखाले लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल निकै रमाइलो बन्न पुगेको थियो। प्रस्तुतिका क्रममा गायिका मोक्तानले मन छोएको कविता भन्दै रामप्रसाद खनालको अमेरिकामा शीर्षकको कविता वाचन गरेर कार्यक्रमलाई नयाँ मोड प्रदान गरेकी थिइन्।
का

कार्यक्रममा स्थानीय प्रतिभाका गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो। पछिल्लो पुस्ताकी गजल गायिका १३ वर्षकी ईसान्भी मिश्रले गीत र सरिसा अधिकारीले चोली राम्रो गीतमा नृत्य गरेर दर्शकलाई मोहित तुल्याएका थिए।