अष्ट्रेलिया कतार विश्वकपमा छनोट

0
Shares

काठमाडौं ।

पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।