जनताको सेवक भएर काम गर्न डा.सीके राउतको निर्देशन

0
Shares

बुटवल ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचित जनप्रतिनिधीहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिनु भएको छ । उहाँले अन्य पार्टीका नेता कार्यक्रता जस्तो आफूलाई शासक नठानी जनाताको सेवक भएर जनताको पक्षमा काम गर्न निर्देशन दिनु भयो् ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुपन्देहीको लुम्बिनी आउनु भएका डा. राउतले जनताको घर घरमै गएर सेवा दिनु पर्ने , भ्रष्टाचार अन्त्य गर्ने , सुशासन कायम गरेर काम गर्न समेत आग्रह गनु भयो ।

जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीहरुले नयाँ र फरक काम गर्छन् भन्ने उदाहरण बन्न पनि नेता कार्यक्रतालाई डा. राउतले आग्रह गनु भयो ।उहाँले निर्वाचनमा पहिलो पटक भाग लिएको जनमत पार्टीलाई रुचाएर राम्रो मत दिएको बताउदै अधिकांश स्थानमा थोरै मातान्तरले मात्र जनमत पार्टी अन्य पार्टी भन्दा पछाडी परेको उल्लेख गर्नु भयो ।

आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत पार्टीलाई धेरै भन्दा धेरै स्थानमा विजय गराउन नेता कार्यकर्ताहरुलाई क्रियाशिल भएर काम गर्न डा राउतले आग्रह गनु भयो ।

जनमत पार्टीले देशभरि एक/ एक नगरपालिका र गाउँपालिका जितेको छ भने १९ओटा वडाहरुमा पनि जनमत पार्टीले जित निकालेको हो ।