सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।

साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँकायम भएको छ ।
यसैगरी सोमबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्