हिमालयन सेफ अवार्ड उमेशलाई

0
Shares

काठमाडौं ।

नेपाली मौलिक परिकार ८४ व्यञ्जनको प्रवद्र्वन गर्ने उद्धेश्यले राजधानीमा आयोजित हिमालयन हस्पिटालिटी अवार्ड २०२२मा सेभेन स्टार फुड एन्ड मार्ट प्रालि तथा सेभेन स्टार रेस्टुरेन्ट एन्ड बार, पोखराका सञ्चालक तथा सेफ उमेश भुवाई हिमालयन सेफ अवार्ड २०२२ चुम्न सफल हुनुभएको छ ।

नेपाली मौलिक परिकार ८४ व्यञ्जनले देशभरका सेफहरूबीच आयोजना गरेको प्रतियोगितामा सेफ भुवाई प्रथम हुनुभएको थियो । उहाँलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद १० हजार रुपियाँसहित अवार्ड प्रदान गर्नुभयो ।

प्रतियोगितामा सेफ पूर्ण, सुवास थापा, उमेश तामाङ र सुजन आले मगर क्रमशः द्वितीय, तृतीय, चौथो र पाचौं हुनुभयो । बुढानिलकण्ठस्थित होटल अमुप्रस्थमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको चर्चा गर्दै पाँचतारे होटल र रेस्टुरेन्टमा अनिवार्य रूपमा ८४ व्यञ्जनको मेनु राख्नु पर्नेमा जोडदिनुभयो । ८४ व्यञ्जनको प्रवर्धनबाट नेपाली अर्थतन्त्रमा टेवा पुग्ने चर्चा गर्दै उपराष्ट्रपति पुनले विदेशी पर्यटक ८४ व्यञ्जनको स्वाद लिन नेपाल आउने वातावरण सिर्जना गर्न उपस्थित सेफ र खाद्यसँग सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

त्यसै गरी कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रालिका अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रवद्र्धनमार्फत् नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पु-याउने उद्देश्यले कार्यक्रमको आयोजनागरिएको बताउनुभयो । कार्यक्रममा ८४ व्यञ्जन परिकारको प्रदर्शन गरिएको थियो ।