रसुवामा तामाङ फिल्म प्रदर्शन

0
Shares

रसुवा ।

रसुवाको धुन्चे र स्याफ्रुमा तामाङ भाषाको फिल्म टु प्रदर्शन गरिएको छ।

नुवाकोटको किस्पाङ गाउँपालिकालगायत तामाङ समुदायको रहनसहन तथा बस्ती भएको स्थानमा छायांकन गरिएको फिल्ममा संगबहादुर तामाङ, रुप एस घले, बिगेन्द्र वाइवा तामाङ, युजिला मोक्तान, फुर्वा तामाङ, मिलन एस वाईवालगयातले अभिनय गरेका छन्।

रोशन फ्युवाद्वारा निर्देशित फिल्ममा लोप हुँदै गएको तामाङ संस्कार, संस्कृति र परम्परासँगै रोजगारीका लागि विदेश जानूभन्दा आफ्नै समुदायमा विभिन्न व्यवसाय गरेर बस्नुपर्ने सन्देश दिइएको छ। कार्यक्रममा तामाङ समुदायबाट स्थानीय तहको निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सम्मान पनि गरिएको थियो।