हमालको गुन्द्रुक तिउन सार्वजनिक

0
Shares

लोकप्रिय अभिनेता राजेश हमालद्वारा अभिनीत पछिल्लो म्युजिक भिडियो गुन्द्रुक तिउन सार्वजनिक गरिएको छ।

हमालको जन्मदिनको अवसर पारेर हालै भक्तपुरको ससुराली रेस्टुरेन्टमा आयोजित कार्यक्रमका बीच गुन्द्रुक तिउन बोलको गीतमा उनले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रममा अभिनेता हमालको जन्मदिनको अवसरमा म्युजिक भिडियो टिमको तर्फबाट केक काटिएको थियो। जन्म दिनका अवसरमा गीतको भिडियो सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गर्दै हमालले भने, नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागि टिमप्रति आभार व्यक्त गर्दछु।  राजु परियार र करुणा राईको स्वर रहेको गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ। गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैँले अभिनय गरेकी छन्। भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गरेका छन्।

गायिका करुणाले गुन्द्रुक तिउनसहित अभिनेता हमालसँग तीन भिडियोमा काम गर्न पाएसँगै सानैदेखिको चाहना पूरा भएको बताइन्। मैले कहिल्यै सोचेकी पनि थिइन की राजेश दाइसँग यसरी भिडियोमा काम गर्न पाउँछु। यो मेरो लागि ठूलो अवसर हो उनको भनाइ थियो। कार्यक्रमको गोपीकृष्ण चापागाईंले सहजीकरण गरेका थिए।