फस्ट लुकमा पानी फोटो


पशुपतिप्रसाद, धनपतिजस्ता सफल फिल्मको निर्माण गरेको टुकी आर्टस् प्रालिले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको पछिल्लो फिल्म पानीफोटोको फस्ट लुक सार्वजनिक गरेको छ।

यही फिल्मबाट अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले निर्देशकका रुपमा डेब्यु गरेका छन्।  बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा उनिएको फिल्म आगामी साउन १३ बाट रिलिजमा आउँदैछ। उनका साथमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुध्र, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्कालगायतका कलाकारले अभिनय गरेको फिल्म रोजिना सिटौला र रवीन्द्र्र बज्राचार्यले निर्माण गरेका हुन्।