मनीषालाई क्यान्सर हुँदा फ्यानले मनाएनछन् उत्सव


नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालालाई क्यान्सर भएको र मृत्युञ्जय पूजा गरेको सुनेपछि एकजना प्mयान र वरिष्ठ चार्टर अकाउन्टेन्टले आप्mना उत्सव नै स्थगित गरेको पाइएको छ।

काम विशेषले भारत पुगेकी मनीषालाई हालै सन् २०१२ मा क्यान्सर भएको र मृत्युञ्जय पूजा गरेको सुनेपछि एकजना ती प्mयान र वरिष्ठ चार्टर एकाउन्टेन्टले आप्mनो उत्सव स्थगित गरेको सुनाएका थिए। यो सुनेर मनीषा भावुक बन्न पुगेको फोटो पत्रकार विकास रौनियारले नेपाल समाचारपत्रलाई जानकारी गराए। उनीहøले तीन वर्षपछि सन् २०१५ मा मनीषा क्यान्सरमुक्त भएपछि मात्रै उत्सव मनाएका थिए।

लोकप्रिय सेलिब्रेटीहरु फिल्म वा आप्mनो क्षत्रेमा सक्रिय देखिऊन् या नदेखिऊन्, उनीहøको व्यस्तता उस्तै रहने गर्छ। जस्तो कि अभिनेत्री मनीषा कोइराला गत बुधबार बिहान ४ बजे उठेर मुम्बई एयरपोर्ट पुगिन्। उनी बिहान ८ बजे नयाँ दिल्ली एयरपोर्ट पुग्छिन् र त्यसपछि नयाँ दिल्लीको एरोसिटीमा रहेको जेडब्ल्यू मारियोट होटलमा जान्छिन्।

उनी नयाँ दिल्लीमा चार्टर्ड एकाउन्टेन्टका लागि एकदिने सत्रको आयोजना गर्ने परामर्शदाता फर्म डेलोइटको लागि विशेष कुराकानी सत्रमा भाग लिन पुगेकी थिइन्। त्यहीँ नै उनले आफूलाई क्यान्सर हुँदा ती वरिष्ट चार्टर अकाउन्टेन्ट प्mयानले उत्सव नै स्थगित गरेको सुनाएर भावुक बनाएका हुन्।
अर्को दुई घण्टाका लागि उनी एक अन्तर्वार्ताकारसँग अन्तक्र्रिया गर्छिन्। जहाँ उनले आफ्नो जीवनका विभिन्न पक्ष र बलिउड फिल्म नगरीमा आप्mनो स्टारडमको बारेमा खोल्छिन्। मनीषा बिहीबार भने एआर रहमानकी छोरीको विवाहमा सहभागी हुन चेन्नई पुगेकी थिइन्।