सफा धरान अभियानमा मेगा बैंकको सहयोग

0
Shares

काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टविन हस्तान्तरण गरेको हो ।
धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत मेयर राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिनुभयो ।

मेयर राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य र वित्तीय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताउनुभयो । मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्टविनहरू भानुचोक वरपर राखिने भएको छ ।स्वच्छ खानेपानी शतप्रतिशत पुराउने गरी बजेट बन्ने बताउँदै उहाँले भन्नुभयो– ‘गरिबी निवारण घटाउने गरी बजेट बन्छ ।’

बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै अब विकास निर्माणका बजेट पार्नका लागि पाँचवटा मापदण्ड पूरा गरेर मात्र बजेट माग गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सांसद कमलप्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पुँजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो । लोकप्रियता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउँदै ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको समृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धिमूलक बजेट बनाउनु पर्नेमा जोड दिनुभयो । उत्पादन बढाउने गरी बजेट ल्याउनुपर्ने र विदेशी आयातलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको औंल्याउनुभयो ।