बिजुली प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

0
Shares

काठमाडौं ।

नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

प्रहरीका अनुसार उनी प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका थिए । उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । सम्झाई बुझाई गरेपछि एक पटक तल झरिसकेका उनी अहिले फेरि माथि नै रोकिएका छन्।

उनलाई तलझार्न प्रहरीको स्थानीय युनिट र स्थानीय वासिन्दा लागिरहेका छन् ।