सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशपछि यादव प्रमुखकै जिम्मेबारीमा

संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समयदेखि दाखिला नगरी अपचलन गरेको भन्दै सम्पूर्ण कर्मचारी आन्दोलित

0
Shares

रौतहट ।

अनिवार्य अवकासमा रहेका डिभिजिन बन कार्यालय रौतहटका निमित्त प्रमुख अमरदेब प्रसाद यादबको पक्षमा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएपछि उनी प्रमुखकै जिम्मेबारीमा रहेका छन् । उनी संघका कर्मचारी हुन ।

संघीय ऐनले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम गरेको छ । सोही आधारमा राष्ट्रिय किताबखाना नीजामतीले आर्थीक बर्ष ०७८÷०७९ मा अनिवार्य अबकास हुने कर्मचारीको नामाबली गएको ०७८ श्रवन ४ गते सार्वजनिक गर्दा ०७९ बैशाख १६ गते राप तृतिय श्रेण्ी सहायक बन अधिकृत यादबको अनिबार्य अबकास हुने उल्लेख गरेको छ । तर, मधेश प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरको हद ६० वर्ष कायम गरेको छ । संघको कर्मचारी भएपनि डिभिजन बन कार्यालय रौतहटका प्रमुख यादबले प्रदेश ऐनको आधारमा सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । अल्पकालिन अन्तरिम आदेशपछि मधेश प्रदेश सरकार उद्योग पर्यटन तथा बन मन्त्रालय समेत अन्यौलमा रहेको छ । प्रमुखको जिम्मेबारीमा रहेका यादबले प्रशासनिक तथा आर्थीक कारोबार समेत गर्दै आएका छन् ।

मधेश प्रदेश सरकार उद्योग पर्यटन तथा बन मन्त्रालयका सचिब विशाल घिमिरेले सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश रहेका कारण डिभिजन बन प्रमुख यादबको कार्य नीरन्तरता रहेको बताउनु भयो । अल्पकालिन अन्तरिम आदेश भएका कारण उहाँको विषयमा मन्त्रालय चाडै टुङ्गोमा पुग्ने उहाँले बताउनु भयो ।

उता कर्मचारीहरुको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी भएको रकम लामो समयदेखि दाखिला नगरी अपचलन गरेको भन्दै डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत सम्पुर्ण कर्मचारी आन्दोलित भएका छन्। डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत बनअधिकृत, रेञ्जर, फरेष्टर, बनरक्षक, जम्दार लगायत १ सय १० जना कर्मचारीको सेबा सुबिधा बापत कट्टा गरिएको झण्डै ६० लाख रुपैया १८ महिना देखि दाखिला नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन ।

बन अधिकृत बिमल ठाकुरका अनुसार कर्मचारीको कट्टा रकम दाखिला नहुनु दुखको बिषय रहेको छ। डिडिजन बन प्रमुख लाई यस विषयमा अबगत गराउदा समेत बेवास्ता भएको उहाँले बताउनुभयो । जुनियर बन प्राविधिक संघ रौतहटका अध्यक्ष विजय लाल दन्तले कर्मचारीको पाउनु पर्ने सुबिधाको रकम बाट बन्चित गरिएको बताउनु भयो ।

उता बन प्रमुख अमरदेब यादबले कर्मचारीहरुले अनुशासन बिपरीत कार्य गरेको बताउनु भयो ।