बलिउड स्टार सलमान खानलाई उनकै निवास अगाडि शार्पसुटरले मार्न खोजेपछि…



बलिउड स्टार सलमान खानको बान्द्रास्थित उनको निवास बाहिर शार्पसुटरले गोली हानेर हत्या गर्न खोजेको थियो । सिद्धुमूस वाला हत्या प्रकरणको अनुसन्धान भइरहेका बेला यो रहस्य बाहिर आएको हो ।

बिश्नोईले सलमान खानलाई मार्न हकी क्यासिङभित्र लुकाएर राखेको बोरको हतियारसहित शार्पसुटर पठाएका थिए । शार्पसुटर सलमान खानलाई मार्न तयार थिए तर अन्तिम समयमा उनी पछि हटे ।

बिश्नोईले थप खुलासा गरे कि उनी र उनका साथीहरूले सलमानको घर बाहिर पर्खेका थिए र उनी बिहान साइकल चलाउँदा अंगरक्षकहरूसँग नजाने भनेर सचेत थिए । सबै तयारीका साथ शार्पसुटर सलमान खानलाई मार्न पूर्णरूपमा तयार थियो ।

संयोगले त्यसबेला मुम्बई पुलिस सलमानलाई सार्वजनिक कार्यक्रममा साथ दिनको लागि उनको निवासमा उपस्थित थियो । यो देखेर शार्पसुटर पछाडि हट्यो र सलमान खान मारिनबाट जोगिएका छन् ।

प्रतिक्रिया दिनुहोस्