रौतहट डिभिजन वन कार्यालय प्रमुखबाटै ६० लाख अपचलन, कर्मचारीहरू आन्दोलित



रौतहट । डिभिजन वन कार्यालय प्रमुखले ६० लाख रुपियाँ अपचलन गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको झन्डै ६० लाख रुपियाँ कार्यालय प्रमुखबाटै अपचलन गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

१८ महिनादेखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले आन्दोलन गरेका छन् ।

१ सय १० जना कर्मचारीको सेवा सुविधा बापत कट्टी गरिएको झण्डै ६० लाख रुपियाँ दाखिला नगरी अपचलन गरेको भन्दै उनीहरू कार्यालयको कामकारबाही छाडेर आन्दोलित भएका हुन् । पाउनुपर्ने सेवा सुबिधाबाट बञ्चित गरेको भन्दै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरू आन्दोलित भएका छन् ।

कार्यालयको मुख्य गेटमा ताला लगाएर उनीहरूले आन्दोलन गरेका हुन् । कर्मचारीले पाउनुपर्ने सेवा सुबिधा गैरजिम्मेवार भएर बञ्चित गरिएको भन्दै उनीहरूले जबसम्म उक्त रकम दाखिला हुँदैन, तबसम्म कामकारबाहीमा कदापि नफर्किने बताएका छन् ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वन अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायत १ सय १० जना कर्मचारीको सेवा सुविधा बापत कट्टा गरिएको झण्डै ६० लाख रुपियाँ दाखिला नगरी अपचलन गरेको भन्दै उनीहरू काम काज छाडेर आन्दोलित भएका हुन् ।

कर्मचारी आन्दोलित भएपछि वन प्रमुख अमरदेब यादव कार्यालयबाट बाहिरिएका छन् भने वन गस्तिदेखि प्रशासनिक कार्यसमेत अवरुद्ध भएको छ । कार्यालयमा पुगेका सेवाग्राहीले सेवा पाउनबाट समेत बञ्चित भएका छन् ।

मधेस प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको प्रमुखको गैरजिम्मेवारीका कारण कर्मचारीहरू आन्दोलित भएका हुन् । डिभिजन बन प्रमुख अमरदेब यादवप्रति आक्रोशित कर्मचारीहरू भन्छन्, वन प्रमुखको व्यवहारले कर्मचारी मर्कामा परेका छन् ।

दिन रात खटिने कर्मचारीको पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरिनु दुःखको कुरा हो । वन अधिकृत विमल ठाकुरका अनुसार कर्मचारीको पाउनुपर्ने सेवा सुविधा डिभिजन वन प्रमुखलाई अवगत गराउँदा समेत बेवास्ता गरेका कारण आन्दोलित भएको बताए ।

जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दन्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक–पटक आवाज उठाउँदा समेत सुनवाई नभएकाले समस्या समाधानको लागि आन्दोलित हुनु परेको बताए । उता वन प्रमुख अमरदेव यादवले कर्मचारीहरूले अनुशासनविपरीत कार्य गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्