सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम



काठमाडौं ।

काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम दिइने भएको हो ।

यो वर्षको पहिलो र दास्रो ब्याचको तालिम सम्पन्न भएको हो । ८ तारिखमा यो सम्पन्न भए लगत्तै तेस्रो ब्याचको तालिम जुन १५ देखि २२ तारिखसम्म सञ्चालनमा ल्याउने सनवेले जनाएको छ । यस वर्कसपमा जो कोहीले पनि सहजै आवेदन दिन सक्नेछन् । भने सहभागी भएबापत कुनै पनि शुल्क नलाग्ने कलेजले जनाएको छ । सोही क्षेत्रका विज्ञहरूले दिने उक्त वर्कसपको पहिलो दिनमा डिजिटल बजारको बारेमा विस्तृत विवरण दिइनेछ ।

यस्तै, दोस्रो दिन सामाग्री लेखन (कन्टेन्ट राइटिङ) , तेस्रो दिन डिजाइनिङ विथ क्यानभा, चौथो दिन पर्सनल ब्रान्डिङको सिप सिकाइनेछ । यसैगरी पाचौँ दिन पिन्ट्रेस्ट मास्टरक्लास, छैठौँ दिन इन्ट्रोडक्सन एण्ड स्कोप अफ डाटा साइन्स र सातौँ दिन इन्ट्रोडक्सन टु एसईओ एण्ड एसईएमको तालिम दिइने कलेजले जनाएको छ ।

अन्य ठाउँबाट सो सरहको तालिम लिँदा ३० हजार भन्दा बढी रकम खर्च लाग्ने तर सनवे कलेजले बुट क्याम्प मार्फत सहजै उक्त तालिम दिनुका साथै सहभागी भएकामध्ये दुई जना उत्कृष्टलाई प्रति व्यक्ति १० हजार रुपैयाँ समेत दिने व्यवस्था रहेको सनवे कलेजका निर्देशक अमृत थापाले जानकारी दिए ।

जस अन्तर्गत पहिलो बुट क्याम्पमा एसियन स्कुल अफम्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बिबिएम अध्ययन गरिरहेका विद्यार्थी सुनिल कार्की र अपोलो इन्टरनेसलन कलेजमा बिबिए विषय अध्ययन गरिरहेको रविन्द्र यादव विजयी भएका छन् । उनीहरूले पुरस्कार स्वरूप प्रति व्यक्ति १० हजार रुपैयाँ पाइसकेको थापाले जानकारी दिए ।

डिजिटल बजारको क्षेत्र र यसको प्रयोगबारे विस्तृत ज्ञान दिनु नै यस वर्कसपको मुख्य उद्देश्य रहेको छ । यस वर्कसपमा सहभागी हुन इच्छुकहरूले सजिलै सनवे कलेजको फेसबुक पेजमा गएर आवेदन दिन पाउने व्यवस्था रहेको छ । भने आगामी दिनमा हरेक महिना यो वर्कसप सञ्चालनमा ल्याउने योजना रहेको थापाके भनाइ छ । यस्तै, बजारमा डिजिटल मार्केटिङ र डाटा साइन्समा जनशक्तिको माग बढिरहेको सन्दर्भमा सो कुरालाई सम्बोधन गर्दै बुट क्याम्प आयोजना गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्