त्रिविकाे ताला खोल्ने सहमति

0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय पदाधिकारीकाे कार्यकक्षमा ५ महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।

नेविसंघ त्रिवि समितिले गत माघ ७ गतेदेखि ताला लगाएको थियो ।  उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटा, रजिस्ट्रार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्रा डा शिवलाल भुषालको कार्यकक्षकाे ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको शेर्पा  बताए  ।