डिजाइनर रनवे हुने

0
Shares

आइसी कलेजले विगतमा झैँ यस वर्ष पनि राजधानीमा श नामक फेसन शो आयोजना गर्ने भएको छ।

नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा हुने स्पर्धाका लागि कम्तिमा ५ फिट ६ इन्च उचाइ भएका महिला मोडलले आवेदन दिन सक्नेछन्। फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आईसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन -याम्पमा प्रस्तुत गर्नेछन्।

फेसन डिजाइनर आईसी कलेजका १९औं ब्याचका पास आउट विद्यार्थी हुन्। फेसज शोका लागि कोरियोग्राफर अभिमन्यु सिंह तोमर नेपाल आउने आयोजकले जानकारी गराएका छन्।