दोख टिजरमा

0
Shares

आगामी असार २४ गते रिलिज हुने फिल्म दोखको हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको छ। अभिनेता तथा निर्देशक अनुप बरालको निर्देशनमा बनेको फिल्मको एक मिनेट ४८ सेकेन्डको टिजर किरण श्रेष्ठले सम्पादन गरेका हुन्।

निर्देशक बरालका अनुसार माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक बनको मुद्दालाई लिएर दुई गाउँबीचको किचलोको कथा फिल्ममा छ। फिल्मले उठाएको कथाले नेपाली दर्शकको मन छुने विश्वास उनको छ।

मनीष निरौला, दीया मास्के, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतका कलाकारले अभिनय गरेको फिल्ममा राजन कठायतको लेखन, शैलेन्द्र डी. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

सवीन ज्ञवाली र मनोज अधिकारीको निर्माणमा बनेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माता तथा सन्तोष पाठक, धर्म अधिकारी, प्रवीण पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भद्मराई एसोसियट निर्माता रहेका छन्।
फिल्म वितरणको जिम्मा काठमाडौंमा जीजीए ग्रुप र डीसीएन तथा काठमाडौं बाहिर एफडी कम्पनीले लिएको छ।