रुपन्देहीको कपास उद्योगमा भीषण आगलागी

0
Shares

बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा एक कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान आगलागी हुँदा उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् ।