काठमाडौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष सुनिता बरालले त्रिभुवन विश्वविद्यालका पदाधिकारीका मुख्यालयमा लगाइएको ताला शनिबारसम्म नखोले फुटाइदिने चेतावनी दिनुभएको छ ।
उहाँले नेपाल समाचारपत्रसँग बिहीबार भन्नुभयो–‘५ महिनादेखि ताला लगाएर जर्जर अवस्थामा पु-याएको त्रिविको अवस्था सुधार गर्न ताला फोेड्नुको विकल्न छैन ।’उहाँले शुक्रबारसम्म प्रदर्शन गर्ने, शनिबार एकदिन कुर्ने र आइतबार उपत्यकाका विद्यार्थी नेतासहित भएर ताला फोड्ने कार्यक्रम रहेको जानकारी दिँदै भन्नुभयो– ‘त्रिविमा दादागिरी देखाउँदै ५ महिनासम्म तालाबन्दी गर्न कसैलाई छुट छैन । तत्काल ताला खोलेर वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको विकल्प छैन ।’
बुधबार तीनदिने अल्टिमेटम दिएको एमाले निकट अनेरास्ववियुले बिहीबारबाट त्रिविमा प्रदर्शन शुरू गरेको छ । यसअघि नेविसंघले माग ५ गतेबाट उपकुलपति, रजिस्ट्रार र रेक्टर कार्यकालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । गत बुधबार नेकपा क्रान्तिकारीले ढोकामा विज्ञप्ति टाँसेर ताला फोडेका थिए । ताला फोडेको भोलिपल्ट अर्थात् जेठ १९ गते दलबलसहित प्रहरीकै अगाडि नेविसंघले ताला लगाएको थियो ।
नेविसंघले जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीको कार्यालयको मूल ढोकामा तालाबन्दी गरेको थियो ।बिहीबार बिहान नेविसंघ त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा त्रिवि आएको टोलीले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको बर्खास्ती नभएसम्म कार्यालयमा तालाबन्दी जारी राख्ने बताए ।











प्रतिक्रिया