कृषि विकास बैंक र क्यान्सर अस्पतालबीच सम्झौता


काठमाडौं ।

‘हाम्रो घर आँगनको बैंक’ भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ ।

देशकै नमुना क्यान्सर अस्पतालको रूपमा विकास भइरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेडबिच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो । विगत ५ वर्षदेखि एक्स्टेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुनः बैंकिङ्ग कारोबारका लागि कृषि विकास बैंक लि., प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा क्यान्सर अस्पताल सञ्चालक समिति अध्यक्ष डा.र्निमल लामिछाने, उप निर्देशक डा.कृष्ण कुमार शर्मा, पूर्व सञ्चालक डा. विनुमा श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पिताम्बर उपाध्याय, कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता रहेको थियो भने बैंकका तर्फबाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्रसिंह थापा लगायतको सहभागिता रहेको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाताभित्र सेवा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगदरहित सेवा प्रवाहको अपेक्षासमेत गर्नुभयो । अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले बैंकसँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजीकरणसमेत हुने विचार राख्नुभयो ।