कतारका लागि नेपाली राजदूतामा नरेशविक्रम ढकाल नियुक्त



काठमाडौं ।

डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपाली राजदूत नियुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्