पाकिस्तानी चर्चित राजनीतिज्ञ तथा टिभी प्रस्तोता हुसेन आफ्नै निवासमा मृत फेला

0
Shares

काठमाडौं । पाकिस्तानका चर्चित राजनीतिज्ञ तथा टिभी प्रस्तोता आमिर लियाकत हुसेन आफ्नै निवासमा मृत फेला परेका छन् । पाकिस्तान तहरीक (पीटीआई)का नेता आमिर लियाकत हुसेन कोलोनीस्थित आफ्नो घरमा मृत अवस्थामा फेला फेला परेका हुन् ।

पाकिस्तानको राष्ट्रिय सभाका पूर्वसदस्य तथा लोकप्रिय टेलिभिजन होस्ट अमिर लियाकत हुसेनको रहस्यमय अवस्थामा मृत्यु भएको छ । नेता हुसैन कोलोनीस्थित आफ्नो घरमा अचेत अवस्थामा फेला परेका थिए । त्यसपछि उनको अवस्था गम्भीर भएपछि निजी अस्पतालमा लगिएको थियो ।

बिहीबार बिहान हुसैनको कोठाबाट चिच्याएको आवाज आएको स्थानीयले बताए । कोठा भित्रबाट ताला लगाइएको थियो । अर्को छेउबाट कुनै प्रतिक्रिया नआएपछि घरेलु कर्मचारीले कोठाको ढोका तोडेका थिए । त्यसपछि अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत्यु भइसकेको घोषण गरेका थिए । –एजेन्सीको सहयोगमा