पर्वतको वारीबेनीमा बजार अनुमगन



पर्वत।

पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा बजार अनुगमन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा वारीबेनीका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मुना अधिकारीको नेतृत्वमा १३ वटा पसल अनुगमन भएको थियो ।

जिल्ला प्रशासन कार्यालय, मिलनचोक र वारीवेनी प्रहरी चौकी, गाउँपालिका, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुको टोलीले अनुगमन गर्नुभएको थियो । पसलमा बिक्रीका लागि राखिएको म्याद नाघेका १३ केजी सुजी, १८ पोका सोइविन र दुई दर्जन विस्कुट बरामद गरेर नष्ट गरिएको छ ।

कार्यालय प्रमुख अधिकारीले वारीबेनीका धेरै जसोले व्यवसाय दर्ता गरिसकेका र पहिलेको तुलनामा बजार सुधार भएको पाइएको बताउनुभयो । यसअघि बजार अनुगमनका क्रममा ठूलो परिणाममा म्याद नाघेका खाद्यबस्तु बरामद भएको थियो ।

ग्रहाकले देख्ने गरी मूल्य सूची राख्न, म्याद नाघेका बस्तु बिक्री कक्षबाट हटाउन र सरसफाईमा ध्यान दिन अनुगमन टोलीले सुझाव दिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्