पक्राउ परेका संयोजक ढुंगानासहित तीनै जना रिहा



काठमाडौं ।

फोहोर व्यववस्थापनमा विरोध गरेको आरोपमा पक्राउ परेका संघर्ष समितिका संयोजकसहित तीन जनालाई रिहा गरेको छ । ककनी प्रहरी कार्यालयमा राखिएका संयोजक श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई अहिले २ बजे रिहा गरेको छ ।

उनीहरुलाई भुमी आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेले हस्ताक्षर गरी रिहा गरेका थिए । रिहा लगत्तै न्युज अफ नेपाल संग कुरा गर्दै अध्यक्ष ढुंगानाले आन्दोलन जारी रहेको बताउनुभयो । भन्नुभयो–सरकारले पटक पटक गरेको सम्झौता पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।

प्रहरीले माथिबाट तपाईहरुलाई वार्तामा बोलाउदैछन्, रिहा गरिदिनुप¥यो भनेका कारण प्रहरीले रिहा गरेको हो–ककनी प्रहरी चौकीको प्रहरीको भनाई उदृत गर्दै संयोजक ढुंगानाले भन्नुभयो । म सहित ५ जनालाई पक्राउ गरिएको थिए । उमेरको कारण दुईजनालाई छाड्न आग्रह गरेको थिए । त्यसेदिन उहाहरुलाई रिहा गरेपछि हामी ३ जना तीनदिनको दिनमा रिहा भयौ–ढुंगानाको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्