जनप्रतिनिधीलाई प्रतिपक्षी नभई सत्तापक्षकै भूमिकामा उत्रन पूर्व मन्त्री श्रेष्ठको आग्रह

चिरीबाबुको दबदबा तोड्ने मन्जलीको उद्घोष

0
Shares

काठमाडाै‌ं । 

नेकपा एमालेका स्थायी समिती सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टिबाट निर्वाचित जनप्रतिनिधीलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गर्नुभएको छ ।

धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी शत्ता पक्षकै हैसियतमा उभिन आग्रह गर्नुभयो । प्रेस चौतारी ललितपुरको आयोजनामा ललितपुर जिल्लामा निर्वाचित भएका जनप्रतिनिधीलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले बहुमत सदस्य हुँदैमा आफ्नो पार्टिका सदस्यलाई केही गर्न नसक्ने बताउनुभयो । बहुमत भएको स्थानमा पनि प्रमुख या उपप्रमुख आफ्नैै पार्टिका रहेको उहाँ बताउनुभयो । जनप्रतिनिधीले समयको ख्याल गर्नुपर्नेमा जोड दिँदै उहाँले ललितपुर महानगरको बजेटमा एमाले देखीनुपर्ने बताउनुभयो । स्थानीय तहभित्र पार्टिको संसदीय दलजस्तै कार्यपालिको दल गठन गरेर छलफल गर्नुपर्ने बताउनुभयो ।

एमाले पोलिट्ब्युरो सदस्य शुशीला नेपालले पार्टिले भरोसा गरेको र जनताको चाहना अनुसार जनप्रतिनिधीले काम गर्न सुझाव दिनुभयो । चुनावमा भएको हारको विषयमा समिक्षा गर्नुपर्नेमा उहाँको जोड छ ।एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले धेरै स्थानमा चुनाव हारेपनि लोकप्रिय मत पाएको बताउनुभयो । पार्टिभित्र हार्नुको कारणका विषयमा निर्मम छलफल हुने बताउनुभयो । उहाँले प्रेस चौतारी ललितपुरले गरेको यो सम्मान निकै उदाहरणीय रहेको भन्दै प्रशंशा गर्नुभयो ।

 

नवनिर्वाचित महानगरकी उपप्रमुख मञ्ंजली शाक्य आस्थाले चिरीबाबुको दबदबा तोड्ने घोषणा गर्नुभएको छ । बहुमत छ भनेर आफ्नालाई पोस्न जथाभावी योजना र काम गर्न चिरीबाबुलाई नदिने उहाँले बताउनुभयो । उहाँले त्यसका लागि आफूलाई पार्टिको जिल्ला तहबाट साथग सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले समस्या परेको स्थानमा मेयर चिरीबाबु पन्छिएर आफूलाई पठाउने गरेको बताउनुभयो । खानेपानी समस्याबारे सिहदरबारमा छलफलका लागि मेयरलाई बोलाउँदा आफूलाई त्यहाँ पठाएको स्पष्ट पार्नुभयो।

महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले जनहितमा रहेर काम गर्ने दृढता ब्यक्त गर्नुभयो । उहाँले आफ्नो नगरमा स्वास्थ्य, पर्यटन र उद्योगको लागि विशेष योजना अघि सार्ने बताउनुभयो ।

प्रेस चौतारी ललितपुरको सम्मान

प्रेस चौतारी ललितपुरले स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका २३ जनप्रतिनिधीलाई सम्मान गरेको छ । प्रमुख अतिथी एमाले स्थायी कमिटी सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले फोटो अंकित शुभकामना र बधाई सहितको फ्रेम प्रदान गर्नुभयो । ललितपुर जिल्लामा रहेका ६ वटा पालिकामा ललितपुर महानगरको उपप्रमुखमा मन्जली शाक्य आस्था , कोन्जोस्योम गाउँपालिकामा प्रमुखमा कृष्णमान लामा र महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

जिल्लाका ६ मध्ये ५ वटा पालिकामा मात्र एमालेको प्रतिनिधीत्व रहेको छ । वडा अध्यक्षहरुमा ललितपुर महानगरमा ११ , महालक्ष्मी नगरपालिकामा ६ तथा गोदावरी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा १–१ जना वडाअध्यक्ष एमालेबाट विजयी भएका छन् । अघिल्लो पटक प्रमुख र उपप्रमुख समेत जितेको महाङ्कालमा यो पटक प्रमुख र उपप्रमुखसँगै कुनै वडा पनि एमालेले जित्न सकेन । सम्मानित भएका वडा अध्यक्षहरुमा महानगरको वडा नम्बर ५ का विकास मान श्रेष्ठ , १२ का नारायणमान अवाले, १५ का सुरेश शाही , १७ का विनोद मर्हजन, १८ का दामेदर खड्का र १९ का राजेन्द्र मर्हजन रहेका छन् ।

यस्तै २२ का सागर तुलाधर , २३ का जीवन मर्हजन , २४ का दिनेशजंग पाण्डे, २५ का दौलत कुमार खत्री र २९ का गणेश मर्हजन रहेका छन् । यसैगरी महालक्ष्मी नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष छिरीङ लामा , २ का वडा अध्यक्ष धु्रर्ब खत्री, ३ का वडा अध्यक्ष कुवेर केसी, ४ का वडा अध्यक्ष अमृत खत्री, ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ, र १० का वडा अध्यक्ष विजय लामालाई प्रेस चौतारी ललितपुरले बधाई दिएको छ । यसैगरी गोदावरी नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा , कोन्ज्योसोम गाउँपालिकाको वडा नम्बर २ का रोहण घलान तथा बाग्मती गाउँपालिकाको वडा नम्बर ७ का होम प्रसाद बजगाइँलाई सम्मान गरिएको छ ।