कालिप्रसादले झुमाए संगीतप्रेमी

14
Shares

कोभिड महामारीपछि पनि अनुमाना गरिएजस्तो कार्यक्रमले गति लिन सकेको छैन। यस्तैमा गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले हालै दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित कालीप्रसाद बासकोटा लाइभमा संगीतप्रेमीलाई आफ्नो गीत संगीत प्रस्तुतिलाई झुमाएका छन्।

रातको ११ बजे मञ्चमा उत्रिएका कालीप्रसादले झण्डै एक दर्जन गीत पस्केर दर्शक झुमाएका थिए। उनले साइली, नाच न मैया नाच नजस्ता गीत गाउँदा दर्शकसँगै निर्देशक निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक हेमराज बिसी, आसिफ शाहलगायत उनलाई साथ दिए रमाएका थिए।

कार्यक्रममा निर्देशक निश्चल पनि गायकका रुपमा प्रस्तुत भएका थिए। उनले कालीप्रसादसँगै फिल्म कबड्डी कबड्डीको नाच न मैया नाच न बोलको गीत गाएका थिए।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन एम श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा गायक उदिपध्वज थापाले पनि गीत संगीत प्रस्तुत गरेका थिए। उनलाई गीतारमा चन्दनध्वज केसीले गीतार र स्वर तथा पुरस्कार खड्काले गीतारमा साथ दिएका थिए।